‘सिस्टर सिटी’ बनाउन बेन्डिगोकी मेयरसँग महावाणिज्यदूत चन्द्र योन्जनको अर्थपूर्ण भेट

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा अवस्थित बेन्डिगो सिटीकी मेयर मार्गेट ओ रोर्केबीच बुधबार भेट भएको छ । एक वर्षअघि औपचारिक रुपमा ओहोदाको प्रमाणपत्र लिएपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले भिक्टोरिया राज्यको भ्रमण गर्दा बेन्डिगोसँग सिष्टर सिटीका लागि प्रस्ताव गरिएको थियो । यसमा सकारात्मक चासो देखाउँदै बेन्डिगो शहरका काउन्सिलर जेम्स विलियम्सले प्रक्रियालाई अगाडि बढाएका थिए । उनै काउन्सिलर विलियम्स पनि बुधबारको भेटमा साथमै थिए । उक्त भेटमा मेयर ओरोर्केले शहरवासीहरुलाई यस विषयमा परामर्श दिन र आफनो प्रतिक्रियाका लागि आह्वान गरिसकेको जानकारी दिएकी थिइन् । उनले नेपालको कुनै एक शहरसँग सम्बन्ध स्थापित गर्ने कुरा उत्साह बढाउने खालको भएको पनि प्रतिक्रिया दिइन् । उक्त अवसरमा बोल्दै महावाणिज्यदूत योन्जनले नेपाल र बेन्डिगोबीचको अहिलेको जनस्तरको सम्बन्धलाई औपचारिकता प्रदान गर्न पनि यो निर्णयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । योन्जनले समूदाय निर्देशित जनसम्बन्ध अहिलेको आवश्यकता भएको पनि बताए । बेन्डिगो मेलबर्नबाट १ सय ५० किलोमिटर उत्तरपश्चिमी क्षेत्रमा पर्दछ । १९ औं शताब्दीको सुरुमा यहाँ सुनखानी थियो र अहिले पनि र यो निकै प्रसिद्ध थियो । अहिले पनि मानिसहरु यहाँ सुनखानीको अवलोकन गर्नका लागि आउने गर्दछन् । करिब तीन हजार किलोमिटर क्षेत्रफलमा फैलिएको शहरमा १ लाखभन्दा बढी स्थानीय बसोबास गर्दछन् । नेपालीहरुले पनि यहाँ बसोबासको क्रमलाई तिव्रता दिएका छन् भने सिटीको मुटुमै नेपाली रेष्टुरेन्ट पनि सञ्चालनमा छ ।महावाणिज्यदूतको कार्यालयको तर्फबाट नेपालको कुनै एक शहर र बेन्डिगोलाई सिष्टर सिटी बनाउने पहललाई निरुन्तर फलोअप गर्दै निष्कर्शमा पुर्याउने प्रयास जारी छ ।

(Visited 1,008 times, 1 visits today)

सम्बन्धित समाचारहरू

श्रीलंकाको राष्ट्रपतिको भारतमा हत्या योजना बनाएको आश्चर्यजनक खुलासा
दशैंको आठौं दिन महाअष्टमी, कालरात्रीको पूजा गरी शक्तिको उपासना गरिँदै
एडिलेडमा पनि बन्यो नेपाली महिला क्रिकेटको टोली !
आयो दशैं, टुँडिखेलमा सेनाले गर्यो फूलपाती बढाई
तामांग सोसाईटी अफ भिक्टोरियामा नयाँ नेतृत्व, पेमा दोर्जी बने अध्यक्ष
नारायणहिटीमा श्रीपेच प्रदर्शनमा, उद्घाटन कार्यक्रममै प्रधानमन्त्रीले दिए दनक
कार्तिक १५ देखि नेपालमा पाराग्लाईडिङ्ग विश्वकप हुँदै
माधव नेपालले भने, सम्बृद्धिको बाधकलाई कारवाही गरौं
महेश भण्डारीले पाए लालोर हिरो एवार्ड !
बाख्राको मासु खसीको भन्दै बेच्ने पक्राउ परे केही, सुपरग्लूले मासु टाँसेको भेटियो
English