सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ 

म्यानमारको प्रहरीले बुधबार तीन जना पत्रकारलाई पक्राउ गरेको छ । म्यानमारकी शीर्ष नेत्री आङ साङ सुकीको संरक्षकत्वमा रहेको सरकारको आर्थिक व्यवस्थापनका बारेमा पत्रिकामार्फत आलोचना गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो । म्यानमारमा भएको यस घटनालाई प्रेस स्वतन्त्रता विपरित भएको भन्दै देशभित्र र बाहिर व्यापक विरोध भएको समाचारमा जनाइएको छ । अधिकारवादीहरूले पक्राउ गरिएकालाई तत्काल विना शर्त रिहा गर्नुपर्ने माग गर्दै सरकार र सरोकारवालाहरूलाई दबाब दिएका छन् । पक्राउ पर्नेमा इलेभन मिडिया ग्रुपका पत्रकारहरू रहेका छन् । उनीहरूले शृङ्खलाबद्ध रूपमा सरकारका कमीकमजोरी र पत्रकारिता क्षेत्रमाथि भएका हस्तक्षेपको विपक्षमा लेख्दै आएका थिए । इलेभन मिडियाका कार्यकारी सम्पादकद्वय क्याब जाब लिन र नायी मिन र प्रमुख समाचारदाता फ्यो वाई बिनलाई प्रहरीले पक्राउ गरेको हो ।
यही सोमबार प्रकाशित एउटा लेखका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको पक्राउ परेका पत्रकारहरूको पक्षका वकिल क्यी मयीन्टले एएफपीलाई जानकारी दिनुभयो । यसअघि म्यानमारको एक अदालतले दुई पत्रकारलाई सात वर्षको जेल सजाय तोकेको थियो । राज्यको कानून उलङ्घन गरेको भन्दै उनीहरूलाई सजायको आदेश दिएको थियो । अदालतले सजाय दिएका ती पत्रकारहरूले रोहिङ्ग्या शर्णार्थीबारे रिपोर्टिङ गर्दै आएका थिए । उनीहरूले रोहिङ्ग्याहरूको सामूहिक हत्याबारे अनुसन्धानमूलक समाचार प्रकाशन गरेका थिए । नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी नेत्री सुकीको समर्थनमा भएका पछिल्ला गतिविधिले विश्वभरी नै उहाँका आलोचक बढ्दै गएका छन् ।

(Visited 919 times, 1 visits today)

सम्बन्धित समाचारहरू

श्रीलंकाको राष्ट्रपतिको भारतमा हत्या योजना बनाएको आश्चर्यजनक खुलासा
कीम र ट्रम्पबीच दोस्रो शिखर बैठकका लागि मङ्गोलियाको निम्तो
वातावरण जोगाउन भुटानको उल्लेखनीय प्रयास, ७२ प्रतिशत जंगल
सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ 
अष्ट्रेलिया नजिकै गयो शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी
ट्रम्प–किम सम्मेलनमा हुनेमा वासिङ्टन आशावादी : पोम्पेओ
भ्रष्टाचारको आरोपमा जेलमा रहेकी पुर्वप्रधानमन्त्री जियालाई अस्पताल लैजान अदालतको आदेश
पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई भ्रष्टाचारका १७ आरोप !
पपुवा न्यूगिनीको बोइङ दुर्घटनामा, ४७ यात्रु सकुशल, विमान समुद्रमा तैरिँदै
मलेशियामा विषालु रक्सी सेवनबाट ६ नेपालीको मृत्यु, १७ बिरामी
English