सुनचाँदी पसलमा बम बिस्फोट गराउने को हो ? सुन तस्करीको कनेक्सन के छ ?

पछिल्लो समय सुनचाँदीको तस्करी भारतीय बजारसम्म हुने क्रम बढेको छ । यही क्रममा तस्कर समूहले विभिन्न व्यक्तिको अपहरण गरी हत्या समेत गरिहेको तथ्य बाहिर आइसकेको छ । ३३ किलो सुन हराएको प्रसंगमा फेरि अर्को बम बिस्फोटको कडी जोडिएको छ । अज्ञात समूहले सिरहाको लहान नगरपालिका–६ स्थित विकास टे«डर्स (सुनचाँदी पसल) लाई लक्षित गरी प्रेसरकुकर बम विष्फोट गराउँदा ज्वेलर्स सञ्चालकसहित आठजना घाइते भएका छन् । कतै यो बिस्फोटमा पनि तस्करी जालोको नै संलग्नता त छैन भन्ने गम्भीर प्रश्न उठको छ । अपराह्न १ बजेतिर अचानक बम विष्फोट हुँदा विकास टे«डर्सका सञ्चालक विकास शारडा, उहाँका भाइ राहुल शारडा, पसलमा काम गर्ने २१ वर्षीया अस्मिताकुमारी चौधरी, पसलमा किनमेलका लागि आएकी सिरहाको नवराजपुर गाउँपालिका–३ निवासी २२ वर्षीया देवकुमारी यादव, उहाँका सात वर्षीय छोरा सतिश यादव, सप्तरीको सुरुङ्गा नगरपालिका–६ निवासी मनिकादेवी राम, लहान नगरपालिका–२१ निवासी बबिता यादव र उहाँकी बहिनी विनिता यादव घाइते भएका हुन् । घाइतेमध्ये पाँचजनाको लहानस्थित सप्तऋषि नर्सिङहोममा र तीनजनाको लहानस्थित रामप्रसाद उमास्मारक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिनुभयो । बम विष्फोट कसले र किन गराएको भन्ने केही खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भेटवालले बताउनुभयो । यसअघि गत फागुनमा पनि लहानका छुट्टाछुट्टै दुई स्थानमा अज्ञात समूहले बम विष्फोट गराएको थियो ।

(Visited 834 times, 1 visits today)

सम्बन्धित समाचारहरू

फुजेल हत्याकाण्ड, छविलाल पौडेल अदालतमा उपस्थित, डिल्लीबजार कारागार चलान
एक सय ३७ नक्कली परीक्षार्थी पक्राउ, कोरियन भाषाको जाँच दिन जाँदा प्रहरीले पक्राउ गर्यो
नेपालको कानून दैवले जानुन्, म्याच फिक्सिंगको आरोपीहरुलाई विशेषले दियो सफाई
समातियो जिरीको सडक बनाउने ठेकेदार, विकास ढिलो गरेको आरोप
एसएसपी श्याम खत्री जेल चलान, १२ पेजको बयानमा के भने सुन तस्करको आरोपी खत्रीले ?
मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरी गर्भवति बनाउनेको रोल्पामा खोजी
पत्रकार सम्मेलनमा पक्राउ परेको  गोरेले जब आफैं क्याप खोल्यो ! 
लुट चलचित्रका निर्माता वाग्लेसहित ६ जना नक्कली नोटको कारोबारमा पक्राउ
मध्यपुरका मेयरमाथि आक्रमण गर्ने विप्लवका बोगटी पक्राउ
रमण श्रेष्ठ, शम्भु थापा लगायलते सुन तस्करको बचाउ गर्दै अदालतमा बहस गर्ने
English