सुन पसलमा चोरीको नयाँ काईदा, सिक्री निलेर ठग्नखोज्ने पक्राउ !

“चोरको हजार दाउ” भने जस्तै विराटनगरमा एक जनालाई सुनको सिक्री निलेर चोरी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार मोरङको विराटनगरस्थित एक सुन पसलबाट प्रहरीले शुक्रबार साँझ सुनको सिक्री निल्ने एक जनालाई पक्राउ गरेको छ ।विराटनगर महानगरपालिका–९ स्थित अरुणकुमार राठीले सञ्चालन गरेको राठी सुन पसलमा सिक्री किन्ने बहाना बनाई सुन किन्न आएका इटहरी उपमहानगरपालिका–२ बस्ने ३१ वर्षीय सुरजकुमार नेपालले पसलमा गएर सुनको सिक्री खरीद गर्ने भन्दै ऐना हेरी गलामा लगाउने बहानामा सिक्री निलेर पाइन्टको गोजीमा आफूसँग भएको नक्कली सुन निकालेर पसलमा फिर्ता गरेको अवस्थामा पक्राउ गरिएको हो । निज नेपालले सिक्री मन नपरेको बताउँदै सिक्री फिर्ता गरेका थिए । पसलेलाई शंका लागी प्रहरीमा खबर गरेपछि वडा प्रहरी कार्यालय ‘ख’ विराटनगरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको नियन्त्रणमा रहेका नेपालको शरीर खानतलासी गर्ने क्रममा सिक्री फेला नपरेपछि निलेको हुनसक्ने अनुमान गर्दै भिडियो एक्सरे गरिएको अवस्थामा पेटभित्र सिक्री देखा परेको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

(Visited 1,908 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन आयोजना हुँदै, नेपालको विकास केन्द्रमा (भिडियोसहित)
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
अष्ट्रेलियाका खडेरीपीडित किसानलाई नेपाली समूदायले सहयोग गर्ने, एनआरएनले लियो अग्रसरता
नेपाल र अष्ट्रेलिया परामर्श बैठक काठमाडौंमा, राजदूतले उठाइन् विद्यार्थीको समस्या
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
आर्थिक संकटमा एनआरएन अष्ट्रेलिया, अघिल्लो नेपाल महोत्सवकै ३५ हजार डलर बजारमा बक्यौता
विद्यार्थीले सातामा २० घण्टाभन्दा बढी काम गरेको भेटेपछि विमानस्थलबाट फिर्ता, भिसा रद्द
अष्ट्रेलियामा खडेरीले सर्पको जोखिम बढायो, सतर्क रहन आग्रह
दोश्रो बन्दै मेलबर्नले गुमायो मष्ट लिभेवल सिटीको ताज, यस पटक भियना एक नम्बरमा !
नेपाली क्रिकेटमा सघाउँदै एक्सपर्ट एजुकेशन, पारस खड्का बने एक्सपर्टको ब्रान्ड एम्बेसडर
English