सुशील चालिसेको मुक्तक संग्रहको मेलबर्न बिमोचन, साहित्यसँगै समाजसेवा

अष्ट्रेलिया निवासी नेपाली साहित्यकार सुशील चालिसेको पुस्तक गुराँसहरु, पलाँसहरुको मेलबर्नमा बिमोचन गरिएको छ । नेपालमा केही समय अघि विमोचन गरिएको पुस्तक मेलबर्नवासीका लागि छुट्टै विमोचन गरिएको हो । मेलबर्नको ब्रन्सविकमा रहेको साईप्रस हलमा शनिबार आयोजना गरिएको कार्यक्रममा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनसहित अन्य अतिथिगणले पुस्तक विमोचन गरे । यसअघि पुस्तकको परिचय, विवेचना र समालोचना गर्नुका साथै विभिन्न श्रष्टाले आफ्ना सिर्जना पनि उपस्थित दर्शकमाझ पस्केका थिए । कृतिमाथि रामकुमार श्रेष्ठले समालोचना गरेका थिए । उनले गजलमा आवश्यक पर्ने सबै तत्व यसमा समेटिएको भन्दै सर्जक चालिसेलाई बधाई दिए । कार्यक्रममा बोल्दै महावाणिज्यदूत योञ्जनले भिक्टोरियालाई अष्ट्रेलियको नेपाली साहित्य केन्द्र बनाउन आह्वान गरे । सोही क्रममा बोल्दै साहित्यकार चालिसेले श्रीमान गम्भीर नेपाली राष्ट्रिय गानका सर्जक चक्रपाणी चालिसेको परिवारकै सदस्य भएका नताले आफुलाई लेखनमा रुचि बढेको र मुक्तक संग्रह प्रकाशित गरेको बताए । प्रवासमा व्यस्तताका बाबजुद नेपाली साहित्यको सेवा गर्न पाउँदा आफुलाई खुशी लागेको पनि उनले सुनाए । पुस्तकमा एक सय ५० वटा गजल समेटिएको छ । विमोचन कार्यक्रममा बिक्री भएको पुस्तकको ५० प्रतिशत रकम बाल चौतारीका बालबालिकाहरुलाई हस्तान्तरण गरिने जानकारी समेत गराइएको थियो ।

(Visited 87 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अष्ट्रेलियाबाट ‘जर्नी टु नेपाल अभियान’ चलाउँदै दूतावास, बिहीबार सुरुवात गर्ने
मलेशियामा विषालु रक्सी सेवनबाट ६ नेपालीको मृत्यु, १७ बिरामी
सदस्यहरुलाई कार्ड वितरण गर्दै एनआरएन, पहिलो लटमा आए एक हजारको परिचयपत्र
मन्त्री र पूर्वमन्त्रीसँग सिड्नीमा अन्तरक्रिया, एउटा गाउँ बनाउने जिम्मा अष्ट्रेलिया बस्ने साथीहरुले लिनुस् : जनार्दन शर्मा
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय माग्दै सिड्नीमा ऐक्यबद्धता
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा खटिएका सबै प्रहरी निलम्बित
सिड्नीमा सुरु भयो पहिलो नलेज कन्फरेन्स, एनआरएनले देश विकासमा हातेमालो गर्ने
बम योञ्जनलाई भिक्टोरियन मल्टिकल्चरल एवार्ड २०१८, गभर्नर हाउसमा हस्तान्तरण
साफ च्याम्पियनशीप जित्ने नेपालको सपना माल्दिभ्सले ध्वस्त बनायो, तीन शून्यले पराजित
सिड्नीमा नेपाल फेष्टिभलको तयारी, एनआरएनले बनायो २८ उपसमिति
English