सोनाक्षी सिन्हाको विवाह गर्ने रोजाईमा ऋतिक रोशन, के पाक्दैछ बलिउडमा ?

बलिउडमा हट अभिनेत्रीको रुपमा परिचित सोनाक्षी सिन्हालार्इ विवाह गर्न मन लागेको छ। पछिल्लो समय बलिउडमा अभिनेत्रीहरुको विवाह गर्ने लहर चलेपछि सोनाक्षीलार्इ पनि विवाह गर्न मन लागेको छ। अभिनेत्री सोनम कपुरले बिहे गरि सकिन् । प्रियंका चोपडा र दीपिका पादुकोण पनि वैवाहिक बन्धनमा बाँधिने तयारीमा छन् । त्यही बलिउडमा केही हिरोइन भने अहिलेसम्म पनि जीवनसाथीको खोजीमा छन् । यी अभिनेत्री यस्तो मान्छेको खोजीमा छन् कि जसले उनीहरूलाई बुझेर पूरा जिन्दगी साथमै बिताउन सकून् । 

यसैक्रममा सोनाक्षीले जीवनसाथीको विषयलाई लिएर एक अन्तर्वार्तामा केही खुलासा गरेकी छिन् । लाइफ स्टाइल म्यागजिनले सोधेको थियो, ‘कुन पुरुष सबैभन्दा ठीक हुन सक्छ, जोसँग सोनाक्षी विवाह गर्न चाहन्छिन् ?’ उनले भनिन्, ‘म यस्तो पुरुषलाई अपनाएर जीवनसाथी बनाउन चाहन्छु जसले मलाई खास महत्व दिन्छ र कहिल्यै झुटो बोल्दैन ।’ साथै उनले आफूले कुनै गलत नियतले विवाह नगर्ने पनि बताएकी छिन् ।फिल्म क्षेत्रकै मान्छे विवाहका लागि रोज्नुपर्‍यो भने ? भन्ने प्रश्नमा उनले आफूलाई ऋतिक रोशन मनपर्ने बताएकी छिन् । आफू विवाहका लागि ऋतिकसँग राजी भएको उनको धारणा थियो । स्मरण रहोस् २०१४ मा ऋतिक र सुजैनको डिभोर्स भएको थियो ।

(Visited 895 times, 1 visits today)

सम्बन्धित समाचारहरू

दुलहीजस्तै सिंगारिए छठ घाट
पत्नी सीताको उपचारका लागि म्याग्दी पुगे प्रचण्ड, तातोनी कुण्डमा विताए दुई घण्टा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त
बालिका र युवतीमाथि सात युवकले गरे सामूहिक बलात्कार, सातै फरार
छठको तयारी तीव्र
न्याय माग्दै धर्ना, न्याय नपाए प्रशासन कार्यालय अगाडि प्राण त्याग्न तयार
मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट
२०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री
भाईटीका लगाउनै नेपाल आइपुग्छन् विदेशी पर्यटक, अन्तरदेशीय सम्बन्ध जोड्दै भाइटीका
English