सौतेलो बाबुले गरे आफ्नै छोरीमाथि बलात्कार, दंगाल खोरमा

सुर्खेतको भेरीगंगा नगरपालिका¬५ मा बालिकालाई बलात्कार भएको छ । सौतेलो बाबुले शुक्रबार दिउँसो आफ्नै घरमा छोरीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ । बाख्रा गोठालो गएकी छोरीलाई घरमा बोलाएर ३० वर्षीय लोकेन्द्र दंगालले बलात्कार गरेको इलाका प्रहरी कार्यालय छिञ्चुका प्रमुख प्रहरी निरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । ‘आमा उपचारका लागि नेपालगञ्ज गएको मौकामा दुई बहिनी गोठाला गएका रहेछन् र जेठी छोरीलाई घर बोलाएर जबर्जस्ती करणी गरेको पाइयो’ प्रहरी निरीक्षक न्यौपानेले भन्नुभयो । पीडित बालिकाको स्वास्थ्य उपचारका लागि मेहेलकुना अस्पतालमा राखिएको छ । आइतबार बिहान घटनास्थल पुगेर प्रहरीले पीडकलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।

(Visited 1,555 times, 1 visits today)

सम्बन्धित समाचारहरू

फेरि मुस्ताङ लगिदैछ गुन्डा नाइके समीरमान बस्नेतलाई ?
क्षतिपूर्तिमा सहमति नभएपछि सडक दुर्घटनामा मृत्यु भएका बालकको शव अस्पतालमै
तेजाव आक्रमणमा परेकी रौतहटकी सम्झनाको निधन, पासवान प्रहरी अनुसन्धानमा
आनीलाई प्रयोग गरेर बम्जनमाथि बलात्कारको आरोप लगाइएको स्पष्टीकरण
१३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरण बारे तीन तहबाट सुक्ष्म अनुसन्धान
नक्कली सुनलाई सक्कली भन्दै ठग्ने ६ जना पक्राउ
मानसिक रोगीलाई बलात्कारी बनाएर हत्यारा लुकाएको भन्दै कञ्चनपुरमा हड्ताल
चितवनमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँचजना पक्राउ
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
English