स्वास्थ्य उपचारको बहानामा भारत लगेर बन्धक बनाई वेश्यावृत्तिमा लगाउने गिरोहको खुलासा

भारतको कोठीबाट जसोतसो गरी एक नेपाली युवती उम्केपछि मानव वेचबिखन तथा ओसार पसार गर्ने गिरहोको खुलासा भएको छ। नेपाली युवतीहरुलाई स्वास्थ्यउपचार गराईदिने भनि आश्वान दिर्इ दिल्लीस्थित अपार्टमेन्टमा राखेर जबरजस्ती बेश्याबृतिमा लगाउने गिरोहोको खुलासा भएको हो।
उक्त अपार्टमेन्टमा राखी २ वर्ष सम्म जबरजस्ती बेश्याबृतिमा लगाउँदै आएको गिरहो मध्ये प्रहरीले मुख्य ब्यक्ति अर्घाखाची सितगंगा २ बस्ने २६ वर्षीय रमेश खत्रीलाई गत शुक्रबार पक्राउ गरेको हो। उक्त अपार्टमेन्टमा २ वर्ष देखि गिरहोको नियन्त्रणमा रहेकी एक युवती उम्केर नेपाल आएपछि प्रहरीमा उजुरी गरेकी थिइन्। प्रहरीले सोही उजुरीको आधारमा गिरहो मध्‍येका मुख्य ब्यक्ति खत्रीलार्इ पक्राउ गरेको हो।पीडितको अस्लिल फोटो तथा भिडियो समेत बनाई सामाजिक संजाल मार्फत प्रकाशित गरिदिने भनि ब्ल्याकमेल गरी जबरजस्ती बेश्याबृतिमा गिरहोले लगाउँदै आएको ती युवतीले प्रहरी समक्ष बताएकी छन्।केन्द्रीय अनुसन्धान ब्यूरो९सीआर्इबी०द्धारा खटिएको  प्रहरी टोलीले विशेष सूचनाको आधारमा गिरहो मध्येका मुख्य ब्यक्ति खत्रीलार्इ पक्राउ गरेको हो । पक्राउ पर‍ेका खत्री भारतको दिल्लीस्थित कोठीमा बिगत १३ बर्ष देखी कार्यरत रहेको अनुसन्धानबाट खुल्न आएको सीआर्इबीका प्रहरी उपरीक्षक ९एसपी० बुद्धिराज गुरुङले बताए। खत्रीलार्इ जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराई मानव वेचबिखन तथा ओसार पसार मुद्दामा म्याद थप गराई प्रहरीले अनुसन्धान कार्य अगाडी बढाएको छ।

(Visited 29 times, 1 visits today)

सम्बन्धित समाचारहरू

आयो दशैं, टुँडिखेलमा सेनाले गर्यो फूलपाती बढाई
तामांग सोसाईटी अफ भिक्टोरियामा नयाँ नेतृत्व, पेमा दोर्जी बने अध्यक्ष
नारायणहिटीमा श्रीपेच प्रदर्शनमा, उद्घाटन कार्यक्रममै प्रधानमन्त्रीले दिए दनक
कार्तिक १५ देखि नेपालमा पाराग्लाईडिङ्ग विश्वकप हुँदै
माधव नेपालले भने, सम्बृद्धिको बाधकलाई कारवाही गरौं
महेश भण्डारीले पाए लालोर हिरो एवार्ड !
बाख्राको मासु खसीको भन्दै बेच्ने पक्राउ परे केही, सुपरग्लूले मासु टाँसेको भेटियो
गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने
जिलोङ नेप्लीज एशोसिएसनको वार्षिक साधारणसभा, अध्यक्षमा दोहोरिए निरज कारञ्जित
अष्ट्रेलियामा दशैंमा जमरा रोप्ने साईत यस्तो छ, टीकाको साईत पनि हेर्नुहोस्
English