हत्या अभियोगमा २३ वर्ष जेल सजाए पाएका चितवनका हरिप्रसाद ढकाल र अष्ट्रेलियाको अँध्यारो यात्रा

by Rakesh Khanal / Melbourne 
उनको नाम हरिप्रसाद ढकाल । अष्ट्रेलियामा विगत १६ वर्षभन्दा पनि बढीदेखि बसिरहेका थिए उनी । १३ वर्षदेखि त उनीसँग कुनै कागजपत्र थिएन । अर्थात् उनी अवैधानिक भइसकेका थिए । वैधानिक रुपमा उनी विद्यार्थी भिसामा यहाँ आएका थिए । हस्पिट्यालिटी पढ्नका लागि । उनीसँगै आएका साथीभाई यहाँको समाजमा स्थापित भएर कहाँबाट कहाँ पुगिसके । तर, उनको नियतिले भने अन्तै डोर्याएको छ । उनी गत साता एक पाकिस्तानी नागरिकको हत्याको अभियोगमा २३ वर्ष जेल जाने फैसला सुन्न बाध्य भए । ढकालले सुरुवाती दिनहरुमा आफ्नो पढाईमा ध्यान दिएपनि त्यसपछि उनी परिवारको सम्पर्कबाट बाहिर गए । नेपालमा भएको आफ्नो परिवार, छोरीहरुको समेत उनले वास्ता गरेनन् । यसको एउटा कारण थियो, क्यासिनोको लत । उनी क्यासिनो जान थालेका थिए । क्यासिनोको लतका कारण नै उनले आफ्नो कागजपत्रमा समेत ध्यान दिएनन् बरु अष्ट्रेलियाका विभिन्न शहरहरुमा ठाउँ फेरेर बस्न थाले । यही क्यासिनोको नशाबाट बाहिर आउनका लागि र अवेधानिक बसोबासको आरोपमा डिपोर्ट हुनुपर्छ कि भन्ने डरका कारण उनी अष्ट्रेलियाका रिजनल क्षेत्रहरुमा बसोबास गर्न थाले । जहाँ प्रहरीको त्यस्तो धेरै सोधखोज पनि नहोस् अनि क्यासिनोको लतबाट पनि छुटकारा पाइयोस् । तर, नियति अर्कै लेखिएको थियो शायद । उनी अष्ट्रेलियाको भिक्टोरियास्थित बालाराटमा रहेको एक रेष्टुरेन्टमा काम गर्थे । त्यहाँ एक पाकिस्तानी नागरिक आउने गर्दथ्यो । तर, त्यो पाकिस्तानी नागरिक खानाभन्दा पनि बाहिर नै टिल्ल भएर रेष्टुरेन्ट छिर्ने अनि विभिन्न बहानामा लामो समय बिताउने गर्दथ्यो । त्यहीँ सेफका रुपमा काम गर्दथे हरिप्रसाद ढकाल । एकजना महिला कामदार सहयोगी पनि थिइन् त्यहाँ । ति महिला कामदारलाई जिस्क्याएको विषयमा अलिकति तनाव भयो । यसपछि ति पाकिस्तानी नागरिकसँग ढकालको विवाद बढ्यो । उनी किचेनमा बसेर केही पकाउँदै थिए, त्यहीबेला पाकिस्तानी नागरिकले तथानाम गाली गर्दै उनीभएको तिरै आयो । हिन्दीमा गाली गरेको उनले सहन सकेनन् । यसको प्रतिवाद गरे । पाकिस्तानी नागरिक अझ हौसिएर उनीतिर लम्कियो । यतिनै बेला उनले हातमा रहेको चक्कुले आफ्नो बचाउ गर्न खोजे तर, दुर्घटनावश पाकिस्तानी नागरिकको घाँटीमा यसले काट्यो । यसपछि भुईमा ढलेका निजलाई क्रोधित बनेका ढकालले कैयौं पटक प्रहार गरे । पाकिस्तानी नागरिकको ज्यान गयो । उनी आफ्नो अपराधपछि सिधै आफुले प्रयोग गरेको छुरी बोकेर प्रहरी कार्यालय गए अनि घटनाको बारेमा जानकारी दिँदै आत्मसमर्पण गरे । घटना थियो सन् २०१६ अक्टोबर २५ को । पुर्पक्षका लागि थुनामा रहेका बेला उनले आफुले प्रतिरक्षामा यो दुर्घटना भएको बताएका थिए । तर, उनको भनाईलाई अदालतका न्यायाधीशले मानेनन् । पाकिस्तानी नागरिकले छुरी लिएरै आफुमाथि आक्रमण गर्न आएको भन्ने भनाईलाई पनि न्यायाधीशहरुले खारेज गरिदिएका छन् । यदि उनले पहिलो पटक घाउ लाग्नेवित्तिकै भुईमा ढलेको बेला अन्इ प्रहार नगरेको भए दृश्य फरक हुन सक्थ्यो । तर, परिस्थिति नै त्यस्तै बन्यो । उनले आफैं प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका कारण उनको तर्फबाट बलियो आधार त्यहाँ थियो । तर, नियतिलाई अरु नै मन्जुर थियो शायद । अब ढकाल कम्तिमा १७ वर्ष जेलमा रहनेछन् । उनी त्यतिबेला ६८ वर्षका भइसक्नेछन् । ति छोरीहरु जो नेपालमा छन् उनीहरुको अवस्था कस्तो होला । परिवारका अन्इ सदस्यहरुको यो घटनामा विचार के होला । अष्ट्रेलियाको सुनौलो यात्रामा निस्किएको एउटा नेपाली युवाको यो अवस्था र अँध्यारोको यात्राले अरु युवाहरुलाई पनि केही सन्देश देला कि ?

(Visited 1,666 times, 1 visits today)

सम्बन्धित समाचारहरू

श्रीलंकाको राष्ट्रपतिको भारतमा हत्या योजना बनाएको आश्चर्यजनक खुलासा
दशैंको आठौं दिन महाअष्टमी, कालरात्रीको पूजा गरी शक्तिको उपासना गरिँदै
एडिलेडमा पनि बन्यो नेपाली महिला क्रिकेटको टोली !
आयो दशैं, टुँडिखेलमा सेनाले गर्यो फूलपाती बढाई
तामांग सोसाईटी अफ भिक्टोरियामा नयाँ नेतृत्व, पेमा दोर्जी बने अध्यक्ष
नारायणहिटीमा श्रीपेच प्रदर्शनमा, उद्घाटन कार्यक्रममै प्रधानमन्त्रीले दिए दनक
कार्तिक १५ देखि नेपालमा पाराग्लाईडिङ्ग विश्वकप हुँदै
माधव नेपालले भने, सम्बृद्धिको बाधकलाई कारवाही गरौं
महेश भण्डारीले पाए लालोर हिरो एवार्ड !
बाख्राको मासु खसीको भन्दै बेच्ने पक्राउ परे केही, सुपरग्लूले मासु टाँसेको भेटियो
English