राजनीति

सभामुख या उपसभामुख फरक दलको हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन

Saturday May 26, 2018

संविधानको हवाला दिँदै एमाले र माओवादी एक भइसकेको अवस्थामा एकै दलको सभामुख र उपसभामुख रहन नसक्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ । संविधान अनुसार यसमा अर्को दलको व्यक्ति हुनुपर्ने व्यवस्था छ । अब काँग्रेसको भागमा पर्छ या प्रतिपक्षमा रहेका अन्य कुनै दलको उपसभामुख रहन्छ यो भने प्रतिक्षाको विषय बन्न…

राजनीति

भ्रष्टाचार विरुद्ध अभियान थाल्न केन्द्रीय सदस्यहरुलाई अध्यक्ष ओली प्रचण्डको निर्देशन

Friday May 25, 2018

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको यात्रामा सरकारलाई सघाउन पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिनुभएको छ । नवगठित नेकपाका केन्द्रीय सदस्यको बैठकलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक अधिकार प्राप्तिको लडाइँ सकिएकाले अब सामाजिक न्यायसहितको समृद्धिका लागि तोकिएको जिम्मेवारी सबैले पूरा गर्नुपर्नेमा जोड दिनुभयो…

राजनीति

सात महिनामा सहकार्य र छलफल गर्दै यसरी भयो नेपालका दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरण

Friday May 18, 2018

एकता प्रक्रिया शुरु गरेको करिब सात महिनापछि नेकपा एमाले र नेकपामाओवादी केन्द्र औपचारिक रुपमा विघटन भई नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको छ । गत वर्ष असोज १७ गते वाम गठबन्धन निर्माण गर्ने र पार्टी एकतासमेत गर्ने घोषणासहित दुई पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त घोषणापत्रका साथ जाने निर्णय गरेका थिए…

राजनीति

सत्तापक्ष र प्रतिपक्षी एक भएमात्र देशमा विकास र सम्बृद्धि ल्याउन सकिने प्रचण्डको भनाई

Sunday May 6, 2018

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट मात्र समृद्धि र विकास सम्भव हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं ४ समितिका नवनिर्वाचित पदाधिकारी एवं सदस्यको आज यहाँ आयोजित पदस्थापन समारोहमा उहाँले विकास, समृद्धि र स्थायित्वका लागि सबै मिलेर सहकार्य गर्न आवश्यक भएको बताउनुभयो…

राजनीति

गृहमन्त्री बादलले गरे मोदीको भ्रमण हुने जनकपुरको सुरक्षा अवलोकन, भ्रमण धार्मिक र सांस्कृतिक मात्र

Wednesday May 2, 2018

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने बताउनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले सो जानकारी दिनुभएको हो । उहाँले…

राजनीति

विधानको कदर गर्न जाने काँग्रेस एकताबद्ध हुने आफ्नो आग्रह रहेको पौडेलको भनाई

Wednesday May 2, 2018

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानको परिधिभित्रै रहेर सहमतिमै पार्टी चलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस तनहुँद्वारा दमौलीमा आयोजित कार्यक्रममा उहाँले काँग्रेस विधि र सिद्धान्तमा चल्ने पार्टी भएकाले त्यहीअनुसार पार्टीलाई अगाडि बढाउन आफूले सभापति देउवालाई सुझाव दिएको…

English